Advertisement

गृहमन्त्री लामिछानेको मुद्दामा बहस गर्ने कानुन व्यवसायीलाई १ घण्टाको समय

0 45

Advertisement

११ माघ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी विवादको मुद्दामा बहस गर्ने कानुन व्यवसायीका लागि संवैधानिक इजलासले १–१ घण्टाको समय छुट्याएको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित संवैधानिक इजलासमा रविविरुद्धका दुवै रिटको अन्तिम सुनुवाइ सुरु भएकोमा रिट निवेदक पक्ष, विपक्ष र सरकारी वकिलले बहस गर्दैछन्।

रिट निवेदकका तर्फबाट ३ जना कानुन व्यवसायीले सुरुवाती बहस गरेका छन्। अधिवक्ताहरु रविराज बसौला र रमण कर्ण तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सकेका छन्। रिट निवेदकका पक्षबाट थप २ जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ।

निवेदक पक्षका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलले बहस गर्नेछन्। सरकारी वकिलले बहस सकेपछि विपक्षी (लामिछानेका) कानुन व्यवसायीले बहस गर्नेछन्।

लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट निवेदन दर्ता भएका थिए।

अधिवक्ता रबिराज बसौला समेत तथा युबराज पौडेलले दायर गरेको रिटमा बुधबार संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.