सुपर मादीकोे आईपीओ ९ लाखले भरे, ६ गुणा सेयर माग
११ माघ, काठमाडाैं । सुपर मादी हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा बुधबार बिहानसम्म ९ लाख २ हजार ३१० जनाले आवेदन दिएका छन् ।
सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार माघ ११ गते बुधबार बिहान १०ः२० बजेसम्ममा १ अर्ब ४ करोड ७९ लाख ६२ हजार मूल्यको १ करोड ४ लाख ७९ हजार ६२० कित्ताको माग आवेदन परेको हो । जुन सर्वधारणबाट माग भएको सेयर संख्याको ६.०१ गुणा हो ।
कम्पनीले माघ ९ गते सोमबारदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ जारी गरिरहेको छ । जसमध्ये १७ लाख ४३ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणहरुबाट दरखास्त आह्वान गरिएको छ । आईपीओमा माघ १२ गते बिहीबारसम्म आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले सिडिएसएण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओ भर्न सकिनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले रहेको छ ।