Advertisement

लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

0 23

Advertisement

११ माघ, एजेन्सी । अफगानिस्तानमा तस्करी गरेको आरोपमा तालिवान प्रशासनले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ। एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ नागरिकले अफगानिस्तानबाट आफ्ना अफगान सहयोगीहरूमार्फत पाकिस्तान हुँदै चीनमा बहुमूल्य पत्थर तस्करी गर्ने प्रयास गरेका बताइएको छ। बहुमूल्य पत्थरसँगै उनीहरूलाई पूर्वी अफगानिस्तानको सीमावर्ती शहर जलालाबादमा गिरफ्तार गरिएको हो ।

स्थानीय स्रोतका अनुसार बरामद भएका पत्थरमा ३० प्रतिशतसम्म लिथियम पाइन्छ। पाकिस्तानसँग सीमा जोडिएका अफगानिस्तानका नुरिस्तान र कुनारबाट गोप्यरूपमा ती पत्थर निकालिएको समाचारमा जनाइएको छ।

चिनियाँ नागरिक र उनीहरूका अफगान सहयोगीहरूले अवैध रूपमा बहुमूल्य पत्थर पाकिस्तान हुँदै चीन ढुवानी गर्ने योजना बनाएका तालिवान गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टले जनाएको छ।

गत डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। उक्त घटनापछि चीनले आफ्ना नागरिकलाई अफगानिस्तान छोड्न निर्देशन दिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.