Advertisement

सशस्त्र युद्धमात्र राजनीतिक उपलब्धी हो भन्ने मान्यता तोड्नुपर्छ : ज्ञानेन्द्र शाही

0 49

Advertisement

७ माघ, काठमाडौं । सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिदै गएको बताएकी छन् ।

शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थातिप हुन सकिने बताए ।

उनले भने, ‘राजनीतिक उपलब्धी भनेको सिर्फ सशस्त्र युद्ध वा सडक आन्दोलनबाट स्थापित हुन्छ भन्ने मान्यतालाई तोड्नु र समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीति स्थापित हुन्छ भन्ने स्थापित गर्नु भनेको कुनै व्यक्ति र दलको समर्थन गर्नु होइन ।’

सांसद शाहीले भ्रष्ट्राचारको फइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको तर कारबाही नभएको बताए ।

विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको भन्दै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.