Advertisement

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्रीलाई जरिवाना

0 27

Advertisement

०७ माघ, लण्डन । चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ ।

लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको सशर्त प्रस्ताव जारी गरेको बताएको छ । प्रहरीका अनुसार सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् भने उनले जरिवाना पनि तिर्नेछन् ।

सिट बेल्ट नलगाउने यात्रुलाई एक सय पाउन्ड जरिवाना गर्न सकिन्छ। यदि मुद्दा अदालतमा पुग्यो यो ५ सय पाउन्डसम्म बढ्न सक्छ। भिडियो खिचिएको बेला प्रधानमन्त्री लङ्काशायरमा थिए, इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.