शारीरिक व्यायाम गर्ने बानी छ ? यी अवस्थाहरू ख्याल गर्नुहोस्
०६ माघ, काठमाडौं । बिहान उठेर मर्निङ वाक अथवा कुनै न कुनै शारीरिक व्यायाम गर्ने अधिकांशको बानी हुन्छ ।
व्यायामको क्रममा कहिलेकाहीँ अचानक स्वास्थ्य जटिलता पनि निम्तिन सक्छन्, विशेष गरी जाडोयाममा ।
हिँडेको बेलामा केही अप्ठ्यारो हुनु, छाती दुख्नु, रिंगटा लाग्नु, धेरै थकाइ लाग्नु, मुटु धेरै ढुकढुक गर्नु, श्वासप्रश्वास बढी हुनु स्वास्थ्य जटिलताका संकेत हुनसक्छन् ।
मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिल भन्छन्, “यीमध्ये कुनैपनि खतराका संकेत देखिनासाथ तुरुन्तै विश्राम लिने र चिकित्सकसँग सल्लाह लिने गर्नुपर्दछ ।”