राष्ट्रपतिको निर्वाचनमा परिणाम ल्याउने गरी लाग्छौँ: शर्मा
०५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भए पनि संसदको ठूलो दल भएकाले जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन्।
बिहीबार संसद् भवनमा सभामुखको निर्वाचनपछि पत्रकारहरुसँग कुरा गर्दै शर्माले कांग्रेस संसद्मा जिम्मेवार, सालिन तथा सबल प्रतिपक्षको भुमिकामा रहेने बताए।
उनले कांग्रेसले सभामुखको निर्वाचनमा भाग लिएको बताउँदै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गर्दा परिणामुखी नतिजा ल्याउने गरि तयारी गर्ने दाबी गरे।