Advertisement

दिनभरको उतारचढावबीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ४ करोड

0 56

Advertisement

०५ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो ।

सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो । बिहीबार उपसूचकहरुमा समेत मिश्रित नतिजा देखिएको छ ।

बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् । बिहीबार २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । निफ्रा, ग्रीन भेन्चर, स्वेत गंगा हाइड्रो समेत धेरै मूल्य बढ्ने कम्पनीमा रहे ।

कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतले गुमाए । बिहीबार एनआईसी एसिया, रिडी, पिपुल्स हाइड्रोसहितका कम्पनीको कारोबार धेरै भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.