Advertisement

सदनलाई नियमित र व्यवस्थित बनाउन घिमिरे सभामुखका लागि सक्षम : पाण्डे

0 39

Advertisement

०५ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेका समर्थक हितराज पाण्डेले प्रतिनिधि सभालाई नियमित, व्यवस्थित बनाउनका लागि देवराज घिमिरे सभामुखको उपयुक्त पात्र भएको बताएका छन्।

उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि घिमिरे योग्य रहेको उल्लेख गरे। घिमिरेले राष्ट्रिय सभाको समेत अनुभव संगालिसकेकाले सभामुखका लागि उपयुक्त रहेको पाण्डेको दाबी छ।

उनले भने, ‘नेपालको सुशासन, समृद्धिका साथ सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनका माध्यमबाट सबै जनतालाई व्यवस्थित गरेर नेपालको समृद्धि, नेपालको रक्षाका लागि अघि बढ्नु पर्ने दायित्व छ। त्यसका लागि यो सदनमा नियमित, व्यवस्थित र यो सदनलाई प्रभावकारी बनाउनका लागि माननीय देवराज घिमिरे योग्य र सक्षम हुनुहुन्छ।’

पाण्डेले सभामुख पदमा सदनमा रहेका सम्पूर्ण दल र स्वतन्त्र सांसदहरुलाई घिमिरेको पक्षमा मतदान गर्न आग्रह गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.