Advertisement

सभामुखमा घिमिरेलाई प्रस्ताव गर्दै नेम्वाङले भने- कठिन घडीमा दलहरु एक भएको इतिहास छ

0 27

Advertisement

०५ माघ, काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले सभामुखमा उपयुक्त व्यक्ति नेकपा एमालेका देवराज घिमिरे भएको बताउँदै सबै दल मिलेर जिताउनुपर्ने बताएका छन्।

घिमिरेले लामो समय भूमिगत रुपमा सक्रिय हुनुका साथै अन्य राजनीतिक घटनामा सहभागी भएर देशलाई योगदान दिएको नेम्वाङले बताए। उनले प्रतिनिधि सभामा तटस्थ सभामुखको भूमिका निर्वाह गर्न सक्ने भन्दै सबै दललाई मतदान गर्न नेम्वाङले आग्रह गरे।

नेम्वाङले दुई पटक संविधान सभामा बसेर संविधान जारी गरेको हिजो-अस्ति जस्तो लागेको बताउँदै जनताले जनताका लागि संविधान निर्माण गरेको र सर्वस्वीकार्य बनाउन धेरै काम गरेको बताए।

विभिन्न कमी-कमजोरीका बाबजुद पनि दलहरु एक ठाउँमा उभिएर समाधान गरेको उनले बताए। नेम्वाङले सबै कमी-कमजोरी बिर्सेर दलहरु फेरि पनि एक ठाउँमा उभिएर देशलाई अघि बढाउने उल्लेख गरे।

उनले यही संविधानमा टेकेर केही नयाँ दलहरु नयाँ उत्साह लिएर आएको बताउँदै मंसिर ४ गतेको निर्वाचनमार्फत जनताले देश र जनताको हितमा मिलेर अघि बढ्न दलहरुलाई सन्देश दिएको उल्लेख गरे।

यही प्रक्रियामा संसदको नेता सभामुख निर्वाचनमा दलहरु केन्द्रित भएकाले प्रतिनिधि सभामार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने चुनौती रहेको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.