Advertisement

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु

0 57

Advertisement

०४ माघ, काठमाडौं । युक्रेनमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा युक्रेनका आन्तरिक मामिलामन्त्री पनि छन्।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३ जना बालबालिका छन्। २२ जना भन्दा धेरै घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

युक्रेनी आपत्‌कालीन सेवाको हेलिकोप्टर राजधानी किभको पूर्वी उपनगरको बालबालिका पढ्ने एउटा विद्यालय (किन्डरगार्डन)मा खसेको थियो।

हेलिकोप्टरमा आन्तरिक मामिलामन्त्री डेनिस मोनास्टिर्स्कीसहित ८ जना सवार थिए। राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत् दुर्घटनाबारे जानकारी दिएका छन्।

हेलिकोप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.