Advertisement

कालिञ्चोक दर्शनको आईपीओमा उच्च आकर्षण

0 31

Advertisement

०४ माघ, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा उच्च आकर्षण देखिएको छ । माघ ३ गतेदेखि सेयर बिक्रीमा ल्याएको कम्पनीको सेयरमा बुधबार बिहान सवा १० बजेसम्ममा करिब ६ लाख वटा आवेदन परेको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बिहानसम्म ५ लाख ९७ हजार आवेदनबाट ७० करोड ६४ लाख २५ हजार मूल्यको ७० लाख ६४ हजार २५० कित्ता सेयरको माग परेको हो । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको ७.८८ गुणा हो ।

पहिलो दिन मंगलबार साँझसम्म मागभन्दा ३ दशमलव ७६ गुणा बढी अर्थात ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ७० हजार ८९० कित्ता शेयर खरीदको लागि आवेदन परेको थियो । उक्त अवधिमा २ लाख ८२ हजार २६८ जना आवेदकहरूबाट सेयर माग भएको थियो ।

कम्पनीले सार्वजनिक निष्कासन मार्फत ८ लाख ९६ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट माग गरेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरेको छ ।

बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ माघ ६ गतेसम्म मात्र खुला रहनेछ । सर्वसाधारणलाई कुल १२ करोडको आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ कायम हुनेछ ।

कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरीकोटबाट करीब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा २०७५ कात्तिक १७ गतेदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालन गर्दै आएको छ । केबलकार ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म सञ्चालनमा छ । कम्पनीले केबलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्युजमेन्ट पार्कलगायत परियोजना सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृति पाएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.