Advertisement

युवा व्यवसायी एवम् समाजसेवी पुस्कल मल्ललाई पितृ शोक

0 174

Advertisement

२८ पुस, काठमाडौं । युवा व्यवसायी एवम् रोयल भिला रिसोर्टका प्रबन्ध निर्देशक पुस्कल मल्ललाई पितृ शोक परेको छ । मल्लका पिता पुर्व गोर्खा सैनिक र पुर्व वडा अध्यक्ष नन्द बहादुर मल्ल को २०७९ – पुस २२ गते शुक्रबार का दिन हाल बसोबास गर्दै आउनु भएको बेलायतको आफ्नो निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
हाम्रो डिजिटल खबर प्रतिनिधिले मल्लका परिवार सदस्य सङ्ग स्वर्गीय बुबा नन्दबहादुर मल्लको जिबिनी बारे गरेको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरेका छौ।

मल्लका पिताको जन्म तत्कालिन पिप्ले गाउँ विकास समिति, वडा नं. २ (हाल रघुगंगा गाउँपालिका, वडा नं. ३) बुढाघर, पिप्ले, म्याग्दीमा भएको हो। स्व. कर्णबहादुर र गौरी मल्लका दोस्रो सन्तान उनी छोरा तर्फका जेठा थिए। बि.सं २००० मंसिर ७ गतेको दिन भएको थियो।

बाल्यकाल/ शिक्षार्जन:
नन्दबहादुर मल्लको बाल्यकाल जन्मथलो मै पिप्ले मै बितेको थियो। एक मध्यमवर्गीय ठकुरी परिवारमा जन्मे हुर्केका उनको बाल्यकाल सहज र स्वाभाविक रूपमा नै बितेको थियो। खान पुग्ने जग्गा जमिन भएका ठकुरी परिवारमा उनको भरणपोषणमा कुनै कमी भएनन्।विद्यालय नखुलेको त्यतिबेलाको असहज र प्रतिकूल परिस्थितिमा उनले सहजतापूर्वक अध्ययन गर्न पाएनन्। त्यतिबेला चौतारी वा सार्वजनिक स्थलमा साधारण लेखपढ गर्ने चलन थियो। उनले तत्कालिन प्रचलित गुरुकुल शिक्षा आर्जन गर्दै सामान्य लेखपढको योग्यता हासिल गरेका थिए। ब्रिटिश सेनामा भर्ती भएपश्चात् उनले औपचारिक शिक्षा हासिल गर्दै थप शैक्षिक योग्यता बढाएका थिए।

विवाह/सन्तान :   
  उनको विवाह साविक माझफाँट गाउँ विकास समिति, वडा नं. २ (हालको जलजला गाउँपालिका , वडा नं. ४) फट्केढुंगा, पर्वत निवासी ललितबहादुर मल्लका छोरी शिवकुमारी मल्लसँग भएको थियो। उनका सन्तानहरू क्रमशः नविनचन्द्र (२०३२ असार ७), कुशल (२०३४ जेठ), पुष्कल (२०३५ भदौ ७), रिता (२०३८ चैत १३), सुवा (२०४१ जेठ ३), सागर (२०४३ वैशाख), सुस्मिता (२०४९ चैत १६), शौभाग्य (२०५३ असार १६) जन्मिए।
पारिवारिक विवरण/ सन्तति:

 नन्दबहादुर मल्लका दिदी – भिनाजु दिलकुमारी – स्व. रणबहादुर मल्ल (फट्केढुंगा) रहेका छन्। उनका पत्नी शिवकुमारी मल्ल बेलायत साथमै रहेका थिए। यसैगरी उनका भाइ – बुहारी स्व. ताराबहादुर –  सरस्वती मल्ल रहेका छन्। उनका बहिनी- ज्वाइँहरू चन्द्रकुमारी शाही – चेतबहादुर शाही (पिप्ले), – हिराकुमारी – स्व. गणेशबहादुर मल्ल (फट्केढुंगा) र जगतकुमारी – स्व. टेकबहादुर मल्ल (फट्केढुंगा) रहेका छन्।
  छोरा – बुहारीहरू नविनचन्द्र – विश्व (हाल हङकङ), कुशल- सुष्मा (हाल हङकङ), पुष्कल – सुस्मा (हाल काठमाडौं) र सागर – सरस्वती (हाल) रहेका छन्। यसैगरी उनका छोरी – ज्वाइँहरू रिता – नगेन्द्र शाही (पिप्ले), सुवा (अविवाहित), सुस्मिता – असिम शाही (कालीकोट) र शौभाग्य मल्ल (अविवाहित) रहेका छन्।
  उनका नाति नातिनीहरू पाँच नाति र पाँच नातिनी गरी जम्मा दशजना मध्ये छोरा तर्फका जेठा छोरा नविनचन्द्रबाट एक छोरी र एक छोरा निशा र निश्चल, माहिला छोरा कुशलबाट एक छोरा कौशल, साहिला छोरा पुष्कलबाट एक छोरी  प्रज्ज्वना र कान्छा छोरा सागरबाट एक छोरी र एक छोरा साइमन र समैरा रहेका छन्।
        यसैगरी मल्लका छोरीतर्फका नातिनातिनीहरूमा रितातर्फका २ छोरा १ छोरी रिया, रिवाज, रोम्बस अनि सुष्मिता तर्फका १ छोरी सायना रहेका छन्।
पेशा :
        नन्दबहादुर मल्ल १७ बर्षको उमेरमा (२०१७ सालमा) ब्रिटिश सेनामा भर्ती भएका थिए। सेवानिवृत्त भएपछि पनि उनले गल्लाका रुपमा १२ वर्ष काम गरे। उक्त अवधिमा उनले त्यस भेगका युवाहरूलाई प्राथमिकताका साथ भर्ती गरेका थिए।

सातलाखे नामले प्रसिद्ध :

नन्दबहादुर मल्ल सातलाखे नामले चिनिन्थे। उनले छुट्टी आउँदा सात लाख ल्याएको कुरा निक्कै प्रचार भयो। उक्त रकम तत्कालिन समयमा अधिक मानिन्थ्यो। अनपेक्षित उक्त अधिकतम धन ल्याएका उनलाई सात लाखे भनिन थालियो र उनी त्यहि नामले प्रख्यात भएका थिए।

व्यक्तित्व :

  नन्दबहादुर मल्ल उदार भावनाका थिए। उनले आपतविपतमा परेका हरेकलाई सहयोग गर्ने गर्दथे। छरछिमेकी, इष्टमित्रहरू आर्थिक सापटीका लागि समेत उनलाई हारगुहार गर्थे। सकेसम्म उनले कसैलाई निराश गराउदैनथे। तसर्थ पनि समाजमा उनी आपत पर्दाका बेलामा सहारा बनिदिएका थिए। मल्लमा सहयोगी भावनाको प्रबलता थियो। उदारमना उनले सामाजिक कार्यका लागि विभिन्न संघ संस्थाहरूलाई मन फुकाएर सहयोग गर्ने गर्दथे। नन्दबहादुर मल्ल लप्पनछपप्पन जान्दैनथे। अनावश्यक कुरा नबोल्ने उनी जे बोल्थे त्यो पूरा गरेरै छोड्थे। उनी दृढविश्वासीका साथै वचनका पक्का थिए।अरुले पनि ढाट्-छल गरेको नरुचाउने उनी हरेकले वचनको पालना गर्नुपर्छ भन्ने वकालत गर्दथे। अत्यन्त भद्र र शिष्ट मानिने मल्लका बोलीवचनलाई अत्यन्तै वजनदार रुपमा लिइन्थ्यो। उनी बोलेको कुरामा दृढ संकल्पित रहने स्वभावका थिए।
गाविस अध्यक्ष पदमा निर्वाचित :
        नन्दबहादुर मल्ल २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसमा आबद्ध भएका थिए। २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालिन पिप्ले गाउँ विकास समितिको अध्यक्ष पदमा उम्मेदवार बनेका उनी उक्त पदमा विजयी भएका थिए।   
        उनले सैनिक जीवनमा आर्जन गरेको ज्ञान र अनुभवको भरपुर उपयोग गर्दै स्थानीय जनताको हितमा काम गरे। उनले हरेक रचनात्मक कार्यहरूमा तत्कालिन अन्य जनप्रतिनिधिहरू र सरोकारवाला निकायका साथै लाभान्वित स्थानीय वासिन्दा समेतलाई सहभागी गराएका थिए।
      
 शोक सन्तप्त मल्ल परिवारप्रति यस दु:खद घडीमा हाम्रो संस्था डिजिटल खबर परिवारको तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समबेदना प्रकट गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.