Advertisement

वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी काम गर्छौं : प्रधानमन्त्री प्रचण्ड

0 57

Advertisement

२३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन्।

शनिबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बधाई तथा ज्ञापन पत्र बुझाउन पुगेका वादी समुदायका अगुवाहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रिपरिषद्‌बाट निर्णय गरेको स्मरण गर्दै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने वाचा गरे।

‘म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनर्स्थापनका लागि निर्णय गरेको स्मरण छ। इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनु पर्छ’, उनले भने, ‘वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं।’

वादी समुदायका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई कार्यकाल सफलताको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले नै वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिकरुपमा सम्बोधन गरेकोमा धन्यवाद दिँदै उनीहरुले अहिलेको कार्यकालमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.