Advertisement

लागुऔषध ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी

0 59

Advertisement

२१ पुस, काठमाडौं । अवैध रूपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार एम्पुल बरामद गरिएको छ।

पछिल्लो केही दिनदेखि लागुऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताए। प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलिग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित दुई थान तराजु बरामद गरिएको थियो।

अनुसन्धानका क्रममा उनलाई प्रदीप राईले लागुऔषध बिक्री गर्न पठाएको खुलेको थियो। उनी झापामा रहेको थापा पाएपछि ब्युरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौं पठाएको हो।

सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्युरोको अर्को टोलीले काठमाडौं महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट छ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। सोही दिन ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो। पर्यटकलाई पिछा गर्दै गर्दा ‘टुर गाइड’मा काम गर्ने गोरखाका ओमनारायण श्रेष्ठ, मसाज सेन्टरमा काम गर्ने सुरेन्द्र नेपाली र विकास परियारलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

त्यस्तै, लुकाइछिपाई लागुऔषध ओसारपसार गरेको चाल पाएको नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६ख ७०३६ बसमाथि खानतलासी गर्दा वीरगन्जका ५० वर्षीय सबिना खातुन, सहनाज खातुन र शेष अमिरलाई पक्राउ गरेको थियो। उनीहरू प्रहरीले खानतलासी थालेपछि नागढुंगाबाट भाग्दै गर्दा पक्राउ गरेका हुन्।

उता काठमाडौंको गोकर्णेश्वरबाट रोशन श्रेष्ठ र मनोज लामालाई पनि लागुऔषध कोडिनसहित पक्राउ गरिएको र उनीहरूको सन्दर्भमा प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको जनाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.