Advertisement

नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ पराजित, पोखरा ५ विकेटले विजयी

0 54

Advertisement

१८ पुस, काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले तेस्रो जित निकालेको हो ।

कीर्तिपुर मैदानमा काठमाण्डौले जितका लागि दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो।

पोखराका लागि सुमित महर्जनले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै, उपुल थरंगाले पनि अर्धशतक बनाए । उनले ५८ रन जोडे । यस्तै, कुशल मल्लले १४ रन जोडे । काठमाण्डौका लागि कमल सिंह ऐरीले ३ तथा अविनाश बोहोरा, अनिल खरेलले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

काठमाण्डौका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए । पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने प्रतिश जिसी र कुशल मल्लले समान १/१ विकेट लिए।

काठमाण्डौले अहिलेसम्म ६ खेलमा तीनमा जित र तीनमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पोखरा भने ८ खेलमा तीनमा विजयी छ । यस्तै, फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीचकाे खेल दिउँसो १ बजे हुनेछ ।

यो खेल पनि कीर्तिपुर मैदानमै हुनेछ । पाँच खेलमा एकमा मात्र विजयी भएको फार वेस्ट तालिकाको पुछारमा छ भने जनकपुर तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले अहिलेसम्म ६ खेल खेलेकोमा ४ मा जित निकालेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.