Advertisement

आज सेयर कारोबार बन्द, साेमबार मात्र खुल्ने

0 95

Advertisement

१० पुस, काठमाडाैं । सेयर बजार पुस १० गते आइतबार (आज) बन्द रहनेछ ।

सरकारले क्रिसमस डे को अवसरमा आज सार्वजनिक विदा दिएसँग सेयर बजार पनि बन्द भएको हो ।

अब भोलि सोमबार मात्रै सेयर बजार खुल्नेछ । सोमबार बिहान साढे १० बजे प्रि ओपनिङ्ग सेसन र त्यपछि बिहान ११ बजेदेखि नियमित सत्रमा कारोबार खुल्नेछ ।

बिहीबार नेप्से सूचक ०.०१ अंकले घटेर १८६७.२१ बिन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले ऋणात्मक भएर बन्द भएको बजारमा १ अर्ब ११ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको बताइन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.