Advertisement

बुस्टर खोप लगाउन आग्रह

0 61

Advertisement

१० पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकालाई छिटो खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।

त्यसैगरी मन्त्रालयले इसाई धर्मावलम्बीको चाड क्रिसमस र इस्वी संवत्को नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भीडभाड नगर्न तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैसँग आग्रह गरेको छ । छिमेकी मुलुकमा देखिएको नयाँ भेरियन्ट बीएफ–७ भाइरस अहिलेसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सिमाना र मानिसको आवतजावतका कारणले नेपालमा फैलन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवालाको समन्वयमा सार्वजनिक यातायात र भीडभाड हुने स्थानमा मास्क तथा सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम राख्ने, व्यक्तिगत सरसफाइलगायत स्वास्थ्यसम्बन्धी आवश्यक नियम पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी सो विज्ञप्तिमा मुलुकमा कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि छिमेकी राष्ट्रहरूमा सङ्क्रमणका नयाँ स्वरूप (भेरियन्ट) देखापरेको र सोको जोखिम र असर नेपालमा पनि पर्न सक्ने भएकाले सजग हुन आवश्यक रहेको उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.