Advertisement

गीत विवादित बनेपछि कमला घिमिरेले भनिन्- छोरी र बहिनी सम्झिएर माफी दिनुहोला

0 55

Advertisement

०२ पुस, काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ ।

जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप कतिपयको छ ।

फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । उनी लेख्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’

उक्त गीत आफ्नै रचनामा गाएको पनि उनले स्वीकारेकी छन् । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।

उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.