Advertisement

निर्वाचन आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै

0 113

Advertisement

‘प्रदेश सभाको प्रतिवेदन भने आगामी शनिबार प्रदेश प्रमुखहरुलाई बुझाइने’

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणाम बिहीबार राष्ट्रपति भण्डारीलाई बुझाउने जानकारी दिनुभएको थियो । यस्तै, प्रदेश सभा निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने छ ।

पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी पनि दिनुभयो ।

आयोगले राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएसँगै नयाँ संसदको बैठक डाक्ने र सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।

आयोगले संघीय संसद सचिवालयलाई पनि नव–निर्वाचित सांसदहरुको विवरण पठाउने छ । संसद अधिवेशन डाक्न भने सरकारले मिति तय गरी राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने छ ।

सरकार गठनको प्रक्रिया अघि बढाउनु अघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.