नेपाली कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आउँदो शनिबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि कांग्रेसले पहिलो पटक पार्टी बैठक गर्न लागेको हो।
शनिवार एक बजे पार्टी कार्यालयमा बस्ने बैठकको एजेन्डा अहिले नै सार्वजनिक नगरिए पनि कांग्रेसले समानुपातिकतर्फका नामहरु छनोट गर्नुअघि बैठक बोलाएको हो।
पार्टी कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै शनिबार कार्यसम्पादन बैठकमा सम्पादन समितिका सबै सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिएको जनाएको छ।