Advertisement

काठमाडौं उपत्यकाको कला संस्कृतिमा ज्यापु समुदायको उल्लेखनीय योगदान छः प्रधानमन्त्री देउवा

0 87

Advertisement

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौं उपत्यकाको कला संस्कृतिमा ज्यापु समुदायको उल्लेखनीय योगदान रहेको बताएका छन्।

बिहीबार १९औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिबीच एक आपसमा मिलेर बसेको सुन्दर देश भएको बताए। उनले मुलक भौगोलिक रुपमा सानो मुलुक भए तापनि यहाँको विविधता, प्राकृति तथा सांस्कृति सम्पदाले भरिपूर्ण रहेको उल्लेख गरे।

प्रधानमन्त्री देउवाले साझा मौलिक परम्परा र संस्कृतिको अनेकतामा एकता रहेको बताउँदै राष्ट्रिय एकताको भावनालाई जोड्दै आएको बताए। उनले ज्यापु समुदायको आफ्नै मौलिक र विशिष्ट परम्परातगत भाषा, संस्कृति भएको समुदाय भएको बताए। ज्यापु समुदाय मेहनती र इमान्दर समुदायको रुपमा परिचित रहेको देउवाले उल्लेख गरे।

‘काठमाडौं उपत्याको कला संस्कृतिको हिसाबमा ज्यापु समदायको उल्लेखनीय योगदान छ,’ उनले भने। उनले ज्यापु समुदायको धार्मिक, कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताए। देउवाले ज्यापु समुदायको कला, संस्कृतिको संरक्षण गर्नमा ज्यापु अक्षयकोष स्थापना गरेको दाबी गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.