Advertisement

बीबीसी १०० महिलाको सूचीमा प्रियंका पनि

0 63

Advertisement

२० मंसिर, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा ‘बीबीसी १०० विमेन २०२२’ को सूचीमा परेकी छिन्।

चोपडाले ६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन्। सन् २००२ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी पूर्वविश्व सुन्दरीसमेत हुन्।

सन् २०१५ मा प्रदर्शनमा आएको अमेरिकन नेटवर्क ड्रामा सिरिज ’क्वान्टिको’मार्फत् उनले हलिउडमा प्रमुख भूमिका निर्वाह गर्ने पहिलो दक्षिण एशियाली अभिनेत्रीको रूपमा इतिहास रचिन्।

चाेपडाले हलिउडडकै ’इजन्ट इट रोमान्टिक’ र ’द म्याट्रिक्स रिसरेक्सनस्’मा पनि अभिनय गरेकी छिन्। उनी स्वयंले पनि चलचित्र निर्माण कम्पनी स्थापना गरी भारतमा चलचित्र निर्माण गर्दै आएकी छिन्।

चोपडा युनिसेफकी सद्भावना दूत हुन्। जसमार्फत् उनले बालबालिकाको अधिकारका साथै उनीहरूको शिक्षाको निम्ति अभियान सञ्चालन गर्छिन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.