Advertisement

आज डडेलधुरा र झापाका जनतालाई गाली र सप्तरीका जनतालाई जयजयकार भइरहेको छ : सीके राउत

0 65

Advertisement

१७ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले ‍सप्तरीका जनताले राजनीतिमा बहुआयामिक सन्देश दिएको बताएका छन्। निर्वाचनमा पुरानै नेता टिकिराख्ने हो भन्ने भाष्य निर्माण भएको बेलामा जनताले नयाँ आशा स्थापित गरेको उनको भनाइ छ।

‘राजनीतिप्रति नै वितृष्णा जाग्ने खालको वातावरण थियो। किनकि, मान्छेहरुले भन्थे, सीके राउतले त्यत्रो त्याग गर्दा त जनताले चिन्न सकेनन्। भ्रष्टचारीलाई नै जिताइदिन्छन्। त्यसो भए हामी राजनीतिमा किन जाने? मान्छेले त्यो किसिमको आरोप लगाउँथ्यो। भन्थ्यो’, उनले भने, ‘तर, जनताले त्यो स्थिति रहन दिएनन्।’

शनिबार काठमाडौंको बुद्धनगरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै राउतले आफ्ना लागि संघर्ष गर्नेलाई जनताले जिताएको बताए।

‘आशा जोगाएर राखिदिए। जुन निराशा छाउन सक्थ्यो राजनीतिमा, त्यसलाई हटाएर, चिरेर आशा स्थापित गरिदिए। ताकि भोलि कोही अमेरिका र युरोप छोडेर देशका लागि मर्छु भनेर आउने वातावरण निर्माण भयो। एउटा योग्य र पढेलेखेका मान्छे राजनीतिमा आउँछु, जनताले मेरो मूल्यांकन गर्नेछ भनेर सप्तरीका जनताले वातावरण बनाइदिए।’

मंसिर ४ को निर्वाचनमा राउत सप्तरी- २ बाट निर्वाचित भएका थिए। उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।

त्यस्तै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको झापाका जनतालाई मान्छेहरुले गाली गरिरहेको तर, सप्तरीका जनताको जयजयकार भइरहेको बताए। ‘अहिले सामाजिक सञ्जालमा डडेलधुरा र झापा जिल्लाका जनतालाई मान्छेले नानाथरीका गाली गरिरहेको छन्। सप्तरीका जनताको ठूलो जयजयकार भइरहेको छ’, उनले भने।

उनले अब आफूहरुको काम गर्ने बेला आएको बताए। ‘कतिपयले त अन्तिम आशा नै भनेर भन्दिन्छन्। मलाई त्यो शब्द प्रयोग गर्न एकदम डर लाग्छ। अन्तिम आशा किन खतरनाक लाग्छ भने, हामीले यदि काम गर्न सकेनौँ भने के हुन्छ? अन्तिम आशा तोडियो भने के हुन्छ? देश निराशामा जान्छ, जनता निराशामा जान्छ। त्यसैले जनताले यदि हामीलाई अन्तिम आशाका रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनुपर्छ’, उनले भने।

राउतले देशको समृद्धिको, समानताको, भाइचाराको आफ्नो अजेन्डाप्रति प्रतिबद्ध र इमानदार रहने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.