Advertisement

सिंगल चार्जमा ४०० किमिभन्दा धेरै रेन्ज दिने दुई एसयूभी, मूल्यमा ८ लाख फरक

0 79

Advertisement

१६ मंसिर, काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात प्रतिबन्ध लागेसँगै विद्युतीय कारको आयात बढेको छ । सरकारले विद्युतीय कारमा राजश्व वृद्धि गरेको कारण सोचे जस्तो संख्यामा ईभी आयात नभएपनि चालु आर्थिक वर्षको ४ महिनामा ईभी आयात १०१८ यूनिट भएबाट नेपालमा ईभीको बजार राम्रैसँग बढेको आँकलन गर्न सकिन्छ ।

अहिले बजारमा उपलब्ध एमजी जेडएस ईभी र बीवाइडी एटो ३ को बीचमा धेरै कुरा समानता पाउन सकिन्छ । मूल्यको हिसावले यी दुई एसयूभीको बीचमा करिब ८ लाख रुपैयाँ फरक भएपनि फिचरमा धेरै समानता पाउन सकिन्छ ।

एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जेडएस ईभीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ । कम्पनीले अहिले बुकिङ लिइरहेको जेडएस ईभी लङ रेन्ज मोडल हो ।

त्यसैगरी बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले एटो ३ गतमहिना नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले एटो ३ को लङ रेन्ज मोडल नेपाल ल्याएर विक्री सुरु गरेको छ । यसको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

डाउन पेमेन्ट

मूल्यको हिसावले महंगो भएको कारण एटो ३ किन्ने मासिकले ८९ लाख ९० हजारको कम्तीमा २० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसरी २० प्रतिशत मात्रै डाउन पेमेन्ट बुझाउँदा पनि १७ लाख ९८ हजार रुपैयाँ नगद तिर्नु पर्छ ।

एमजी जेडएस ईभीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गर्ने हो भने नगद १६ लाख ३९ हजार रुपैयाँ तिर्नु पर्छ ।

अहिले बजारमा महंगो ब्याजदर चलिरहेको छ । नविल, हिमालयन, एभरेष्ट जस्ता बैंकले विद्युतीय कारमा १३ प्रतिशत हाराहारी ब्याजदरमा गाडी दिइरहेका छन् । यसरी २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम ७ वर्षको अवधिको लागि कर्जा लिएर जेडएस ईभी किन्दा १ लाख १९ हजार ३२५ रुपैयाँ मासिक किस्ता तिर्नु पर्छ । साथै, बीवाइडी एटो ३ किन्ने ग्राहकले मासिक १ लाख ३० हजार ८३७ रुपैयाँ किस्ता वापत तिर्नु पर्ने हुन्छ ।

साइज

साइजको कुरा गर्दा एटो ३ ठूलो छ । यसको लम्बाई ४४५४ एमएम, चौडाई १८७५ एमएम र उचाई १६१५ एमएम छ । एमजी जेडएस ईभीको लम्बाई ४३१४ एमएम, चौडाई १८०९ एमएम र उचाई १६४९ एमएम रहेको छ । लामो र फराकिलो भएको कारण भित्रको स्पेशमा एटो ३ उत्कृष्ट छ । तर, उचाई बढी भएको कारण जेडएसको लुक्स पर्फेक्ट एसयूभीको देखिन्छ ।

एटो ३ मा ह्वीलवेस पनि निकै ठूलो छ । २७२० एमएम लामो ह्वीलवेस र इ–प्लेटफर्म ३.० को कारण एटो ३ निकै स्टेवल छ । साथै, ड्रागेन फेस डिजाइन ल्याङ्गवेजको कारण यसको चर्चा बढ्दै गएको छ । टायर साइजमा पनि एटो ३ अगाडि छ । यसमा १८ इन्चको अलोय ह्वील छ भने जेडएसमा १७ इन्चको ह्वील पाउन सकिन्छ ।

ब्याट्री र रेन्ज

ब्याट्री साइजमा एमजी जेडएस अगाडि छ । यसमा ७२ किलोवाट आवरको एनसीएम ब्याट्री प्रयोग भएको छ । यसले सिंगल चार्जमा ४२८ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

बीवाइडी एटो ३ मा ६० किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीको परिक्षणबाट प्रमाणित भएको छ ।

मोटर पावर

जेडएस ईभीमा ११५ किलोवाट क्षमताको मोटर रहेको छ । यसको मतलव जेडएस ईभीको अधिकतम पावर १५६ पीएस पावर हुन्छ । जेडएसको तुलनामा एटो ३ बढी पावरफुल छ । यसमा १५० किलोवाट क्षमताको मोटर रहेको छ । त्यो भनेको २०३ पीएस पावर बराबर हो ।

अन्य फिचर

दुबै कारमा आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ । एडप्टीभ क्रुज कन्ट्रोल, पानारोमिक शनरुफ, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, ७ वटासम्म एयरब्याग, अष्ट्रेलियन एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ दुबै कारका सबल पक्ष हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.