Advertisement

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

0 61

Advertisement

१६ मंसिर, काठमाडौं । जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे ।

स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो ।

खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

जापानले ३ खेलमा ६ अंक जोड्यो ।

पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।

स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.