Advertisement

शेखर कोइराला भन्छन्- गगनलाई संसदीय दलको नेता बनाउनेबारे काठमाडौं गएर छलफल गर्छु

0 97

Advertisement

१५ मंसिर, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले गगन थापाले संसदीय दलको नेता बन्न गरेको प्रयत्नबारे आफूले काठमाडौं गएर सल्लाह गर्ने बताएका छन्। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेला थापासँग पनि सल्लाह गर्ने बताए।

‘अहिले म विराटनगरमा छु। काठमाडौं गएर सल्लाह गर्छु। सभापतिजी र वरिष्ठ नेताहरुसँग पनि छलफल गर्छु। कुराकानी गर्छु। गगनजीसँग त पक्कै कुरा गरिहाल्छु म। अनि डिसिजन गर्छौँ हामी,’ उनले भने।

कोइरालाले आफूले संसदीय दलको नेतामा थापालाई सहयोग र समर्थन गर्नेबारे खुलेर केही भनेनन्। बरु, संसदीय दलको निर्वाचन नम्बरको खेल भएको बताए। ‘कसैले समर्थन र म बन्छु भनेर हुने, म भन्दैछु त नम्बरको गेम हुन्छ भन्ने तपाईंहरुले त्यति पनि बुझ्नुभएको छैन?,’ उनले पत्रकारहरुलाई प्रतिप्रश्न गरे।

त्यसपछि पत्रकारले सोधे- ‘तपाईंले समर्थन गर्दा उहाँको नम्बर बढ्थ्यो कि भन्ने कुरा नि!’ शेखरले पुरानै उत्तर दिए- ‘कसको नम्बर के छ भन्ने कुरा हेर्नुपरेन?’

प्रधानमन्त्रीमा आफ्नो चाहनाबारे पनि उनी खुलेनन्। तर संकेत भने गरे। ‘प्रधानमन्त्री हुने चाहना भएर मात्रै हुने होइन। संसदीय प्रणालीमा नम्बरको गेम पनि हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ मानिसहरुले। सबैले बुझ्न जरुरी छ। नम्बर गेम जसले पुर्‍याउन सक्छ। संसदीय हुनुपर्‍यो नि त पहिले। संसद्‌मा अरु पार्टीले भोट दिन्छु भनेर त हुँदैन। पहिले आफ्नो संसदीय दलको नेता हुनुपर्‍यो,’ उनको भनाइ थियो।

कोइरालाले अबको सत्ता गठबन्धनमा पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी रहने बताए। केही थपिनु परे थपिन्छन् भन्ने उनको भनाइ थियो।

‘एउटा कुरामा हामी सबै प्रष्ट हुनुपर्‍यो, नेपाली जनता प्रष्ट हुनुपर्‍यो, गठबन्धनकै सरकार बन्छ। नेपाली कांग्रेसकै नेतृत्वमा गठबन्धन बन्छ। माओवादी केन्द्र र एकीकृत समाजवादी, मुख्य त हाम्रो गठबन्धनमा यही हो नि। कांग्रेस, माओवादी र एकीकृत समाजवादी दलहरु हामीसँगै हुन्छन्,’ उनले भने।

पछिल्ला दिनमा कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने विषयले चर्चा पाइरहेको छ। गगन थापाले निर्वाचनअघि नै आफूले निर्वाचन जितेर गएपछि संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने सार्वजनिक रुपमै भनेका थिए। त्यसपछि अन्य आधा दर्जन नेताले पनि आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.