Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अहिलेको जनादेशले स्थिरता दिंदैन, यसले अर्थतन्त्र प्रभावित हुन्छ : विष्णु पौडेल

0 51

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले यो जनादेशले स्थिर सरकार पनि दिन नसक्ने बताए ।

पौडेलले भने, ‘यसपटकको जनादेशले स्थिर सरकार बन्दैन, यो मुलुकका लागि दुर्भाग्य पूर्ण छ ।’ यसको प्रभाव अर्थतन्त्रमा समेत पर्ने उनको भनाइ छ । उनले नयाँ संविधान बनेपछि आएका सरकारले अर्थतन्त्रमा गरेका काममा विश्लेषण गर्न समेत प्रस्ताव गरे ।

आफ्नो पार्टीले गरेको कमजोरीको जिम्मा आफूले लिने भन्दै उनले अर्थतन्त्रमा गम्भीर सङ्कट रहेकोले समाधानका लागि सामूहिक निष्कर्षमा पुग्नुपर्ने बताए ।

Subscribe to our newsletter

एमालेले अर्थतन्त्रलाई सहज अवस्थामा छोडेको भए पनि पछिल्लो एक वर्षयता बिग्रेको उनको आरोप थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.