Advertisement

सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : महासचिव पोखरेल

0 85

Advertisement

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरमा स्थगित भएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिएकोमा आपत्ति जनाएका छन्।

उनले निर्वाचन आयोग सत्तापक्षसँग मिलेको आरोप लगाएका छन्। यी दुई जिल्लामा एमालेले पुन: मतदान गर्न माग गरेको थियो। तर आयोगको बुधबार बसेको बैठकले मतगणना अघि बढाउने निर्देशन दिएको थियो।

समाजिक सञ्जालमा असन्तुष्टि पोख्दै महासचिव पोखरेलले आयोगले सत्तापक्षको धाँधलीलाई वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ।’

आयोगको निर्देशनपछि स्याङ्जामा हिजैदेखि मतगणना सुरु भएको छ। यता बाजुरामा भने सर्वदलीय बैठक चलिरहे पनि सहमति जुट्न सकेको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.