Advertisement

दोलखाका १० स्थानमा पुन: मतदान हुँदै

0 72

Advertisement

१५ मंसिर, काठमाडौं । दोलखाका विवादित १० मतदानस्थलमा आज (बिहीबार) पुन: मतदान हुँदैछ। मंसिर ४ गते भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार आज १० स्थानमा पुन: मतदान हुने भएकझ हो। नेपाली कांग्रेसले बुथ क्याप्चर गरेको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए।

आयोगको स्थलगत अध्ययनले निर्वाचन निष्पकक्ष हुन नसकेको ठहर गरेपछि फेरि चुनाव गराउने निर्णय गरेको थियो।

दोलखाको वैत्यश्वर गाउँपालिकाको वडा नम्बर २ मा रहेको जनज्योति मावि पुतलिकाठ मतदानकेन्द्र ‘क’ र ‘ख’, वडा नम्बर ३ को कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ र सोही गाउँपालिकाको वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुन: मतदान हुने भएको छ।

यस्तै तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रको ‘क’ र ‘ख’ गरी जम्मा १० वटा मतदान केन्द्रमा पुन: मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.