Advertisement

बुथ कब्जा भएको दोलखाका १० केन्द्रमा आज पुन: मतदान हुँदै

0 30

Advertisement

१५ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ । आयोगले निर्वाचन सम्पन्न भएको ८ दिनपछि गत ११ मंसिरमा दोलखामा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित विवादित मतदान केन्द्रमा पुनर्मतदान गर्ने निर्णय गरेको हो ।

आयोगले दोलखाका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ को वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ केन्द्रको निर्वाचन रद्द गर्दै पुनर्मतदान गर्न लागेको हो । यसैगरी, वैत्यश्वर वडा ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मा पनि आजै मतदान हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.