Advertisement

भारतले तीन महिनापछि चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

0 67

Advertisement

१४ मंसिर, काठमाडाैं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।

विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो ।

सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

वैदेशिक व्यापार नियमन एवम् प्रवद्र्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.