कोभिड–१९ संक्रमण फैलिँदै गएपछि चीनमा औद्योगिक गतिविधि सुस्ताउँदै
१४ मंसिर, काठमाडाैं । चीनमा कोभिड संक्रमण फैलिदै गएपछि औद्योगिक गतिविधि सुस्ताएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि चीनले अपनाएको शून्य कोभिड नीतिका कारण लकडाउन हुँदा चीनका अधिकांश सहरमा उद्योगहरु बन्द रहेका छन् । नोभेम्बर महिनाको आर्थिक गतिविधि सार्वजनिक गर्दै चीनले नोभेम्बरमा औद्योगिक गतिविधिहरु सात महिना यताकै कमजोर अवस्थामा पुगेको जनाएको छ ।
विश्वका ठूला कम्पनीहरु चीनका विभिन्न सहरहरुमा अवस्थित रहेका छन् । आइफोन निर्माता एप्पलको सबैभन्दा ठूलो फ्याक्ट्री चीनमा अवस्थित रहेको छ । चीनले कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिरहँदा त्यसको प्रभाव एप्पलको आम्दानीमा परेको छ । यसैगरी टेस्ला, फक्सवागन लगायतका कम्पनीहरुको अनुमानित आम्दानीमा पनि कमी आएको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र–चीन लकडाउनमा गएपछि आपूर्ति श्रृङ्खलामा अवरोध सिर्जना भएको छ ।
विश्वभर कोभिड–१९ संक्रमण सक्किसक्दा पनि चीनमा दिनानु क्रममा संक्रमितहरुको सङ्ख्या बढीरहेको छ । कोभिड–१९ संक्रमणका लागि चीनले अपनाएको शून्य कोभिड नीतिका कारण जनता असन्तुष्ट रहेका छन् । असन्तुष्ट पक्षहरुले चीनका प्रमुख औद्योगिक सहरहरुमा विरोध प्रर्दशनी समेत गरिरहेका छन्।