Advertisement

सुनचाँदीको भाउ बुधबार उकालो लाग्यो

0 80

Advertisement

१४ मंसिर, काठमाडाैं । छिल्लो दुई दिन घटेको सुनको भाउ तेस्रो दिन भने उकालो लागेको छ । यस्तै अघिल्लो दिन स्थीर रहेको चाँदीको पनि आज बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंसिर १४ गते सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको हो ।

महासंघले बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ, तेजाबी सुनको भाउ ९७ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २९० रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर छापावाला सुन ९७ हजार ४०० रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी स्थीर रहँदै प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७५५ डलर तथा चाँदी प्रतिऔंस २१.३४ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.