Advertisement

ब्याजदर घटाउने नीति ल्याउन केन्द्रीय बैंक र सरकारलाई उद्योग वाणिज्य महासंघको माग

0 74

Advertisement

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटाउँदैमा कर्जाको ब्याजदर नघट्ने बताएको छ।

मंगलबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बैंकको स्प्रेड दर घटाउँदा ब्याजदर वृद्धि रोकिए पनि ब्याजदर नघट्ने दाबी गरेको हो।

महासंघले ब्याजदर नघट्दासम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने धारणा राखेको छ। महासंघले ब्याजदर नघटाए मुलुकको अर्थतन्त्र नै संकटमा जाने भन्दै केन्द्रिय बैंक र सरकारले ब्याजदर घटाउने गरी नीति लिनुपर्ने माग गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदर नघट्ने हो भने अर्थतन्त्र गम्भीर संकटमा जाने बताए।

उनले अर्थतन्त्रलाई संकटमा जान नदिनको लागि नेपाल राष्ट्र बैंक र सरकारले तरलता बढाएर ब्याजदर घटाउने विषयमा भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए। उनले चालू कर्जासम्बन्धी नीति २ वर्षलाई स्थगित गर्न पनि माग गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.