Advertisement

विश्वकप फुटबलमा मंगलबारदेखि समूह चरणका अन्तिम खेल 

0 97

Advertisement

१३ मंसिर, काठमाडौं । कतारमा जारी २२औं विश्वकप फुटबल अन्तर्गत मंगलबारदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदैछन्।

प्रत्येक समूहमा रहेका चार टिमले समूह चरणअन्तर्गत तीन–तीन खेल खेल्नुपर्ने हुन्छ। समूह चरणका दुई खेल सबै देशले खेलिसकेका छन्।

जसअन्तर्गत मंगलबारदेखि समूह चरणको अन्तिम तेस्रो खेल हुँदैछ। यो खेलपछि १६ देश समूह चरणबाटै घर फर्कने छन् भने १६ देश नकआउट चरणमा प्रवेश गर्नेछन्।

मंगलबारको पहिलो खेलमा समूहका ‘ए’ का इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड र कतार भिड्दैछन्। यी दुईको खेल नेपाली समयअनुसार राति ८:४५ बजे हुनेछ।

इक्वेडर र सेनेगलबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा तथा नेदरल्याण्ड र आयोजक कतारबीचको खेल अल बेत रंगशालामा हुनेछ।

मंगलबारै राति १२:४५ बजे समूह ‘बी’ को पनि दुई खेल हुँदैछ। समूह ‘बी’ का इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीचको खेल हुँदैछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.