Advertisement

कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

0 160

Advertisement

१३ मंसिर, काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ ।

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

तनहुँ कारागारमा रहेका पललाई भेट्न अहिले दैनिकजसो उनका आफन्त, साथीभाइ र फिल्मकर्मी पुग्ने गरेका छन् । आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगेका थिए ।

जहाँ आफूहरुले फिल्म र सामान्य कुराकानी गरेको निर्माता नेपालीले जानकारी दिए । पलले अहिले कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको पनि उनले बताए ।

यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए । ‘दुई नम्बरीको सिक्वेलमा पलजीलाई लिन्छु भनेर मैले भनेको छु,’ उनले भने ।

सुरुमा ‘हात्तीछाप’ नामक फिल्म बनाउने र त्यसपछि अन्य प्रोजेक्टमा अघि बढ्ने उनले बताए । पलले कारागारभित्रै जिम लगायतका शारीरिक व्यायामका अभ्यास पनि गरिरहेको उनले जनाए ।

किरणको फिल्म ‘२ नम्बरी’मा यसअघि पल अनुबन्धित भइसकेका थिए । तर मुद्दा चलेपछि उनको ठाउँमा सौगात मल्ल भित्रिएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.