Advertisement

समानुपातिक मतगणना: ९५ लाख ७३ हजार गणना हुँदा कुन दललाई कति मत?

0 91

Advertisement

१३ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फको मतगणना जारी छ। यस्तै प्रत्यक्षतर्फ पनि एक/दुई स्थानबाहेक अन्यको परिणाम आइसकेको छ।

१६५ निर्वाचन क्षेत्र मध्ये प्रत्यक्षतर्फ हालसम्म ५३ ठाउँमा जित्दै कांग्रेस पहिलो नम्बरमा छ भने ४३ सिट जित्दै नेकपा एमाले दोस्रो स्थानमा छ। यस्तै समानुपातिकतर्फको अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मतगणना भइसकेको छ।

निर्वाचन आयोगका अनुसार नेकपा एमाले २५ लाख ८४ हजार १९२ मत ल्याउँदै पहिलो नम्बरमा छ। यस्तै दोस्रो स्थानमा रहेको कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ।

सोमबारसम्म चौथो स्थानमा रहेको नेकपा माओवादी तेस्रो स्थानम उक्लिएको छ। माओवादीले ११ लाख ६४७ मत प्राप्त गरेको छ। यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत ल्याएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७ मत पाएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ५७ हजार ४६४ मत र जनमत पार्टी २ लाख ९९ हजार ८७३ प्राप्त गरेको ५।

नेकपा एकीकृत समाजवादी पार्टीले भने २ लाख ६४ हजार ४७२ मत प्राप्त गरेको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१ मत प्राप्त गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.