Advertisement

सानिमा बैंकको मुद्दती निक्षेपकर्जा आवेदन अब अनलाइनबाटै

0 52

Advertisement

१२ मंसिर, काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ।

उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.comm मा ‘Apply Loan up to 5 Lakhs against FD’ मा क्लिक गरी आवश्यक विवरणहरु भरेपछि मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेपकर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत अधिकतम ५ लाख मध्ये जुन कम हुन्छ उक्त रकम तुरुन्तै प्राप्त गर्न सकिने बताइएको छ।

हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.