गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज बीच उपचार सम्झौता
११ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज बीच भएको दुईपक्षीय सम्झौता
१. प्रथम चरणको यो सम्झौता मिति २०७९ अशोज ५ गते देखि लागु भई मिति २०८० असार मसान्त सम्मको लागि हुने छ |
- जेष्ठ नागरिकको उपचार सम्बन्धमा देहाय अनुसार हुनेछ :
क) गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गरिरहेका ६५ बर्ष र सो भन्दा माथिका जेष्ठ नागरिक बाशिन्दाहरुको भर्ना भै स्वास्थ्य उपचार गर्नुपरेमा नगरपालिकाले जेष्ठ नागरिक प्रमाणित गरि उपचारको लागि सिफारोइस गरि नेपाल मेडिकल कलेजमा पठाउनेछ |

ख) अस्पतालमा जांच, परिक्षण गर्दा ( औषधि बाहेक) लाग्ने शुल्कामा देहाय बमोजिम व्यबस्था हुने कुरामा दुवै पक्ष मन्जुर गर्दछ |
- अस्पतालको कुल खर्चमा ४० % छुट गर्नेछ |
- नगरपालिकाले कुल खर्चको ३० % शोधभर्ना अस्पताललाई उपलब्ध गराउनेछ |
*बिरामीले ३० % व्यहोर्नु पर्नेछ |
ग) जांच परिक्षण मध्ये Dental, EHS, कस्मेटिक सर्जरी, प्लास्टिक सर्जरी,आँखा सम्बन्धि उपचार चस्मा, कन्ट्याक लेन्स जडान जस्ता प्रशाधनिय उपचारमा छुट हुने छैन |
उल्लेखित छुट प्रतिव्यक्ति बार्षिक रु.१,००,००० (एक लाख) सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ | सो भन्दा बढी खर्च लाग्ने भएमा उक्त खर्छ सम्बन्धित बिरामीले नै व्यहोर्नु पर्नेछ |
३. क्यान्सर रोगको उपचार सम्बन्धमा :
क) गोकर्णेश्वर नगरपालिकाले महिलाहरुको पाठेघर र स्तन क्यान्सरको लागि शंकास्पद क्यान्सर रोगीलाई नाम सिफारिस गरि पठाउनेछ
ख) क्यान्सर रोगको परिक्षण गरेबापत हस्पिटललाइ नगरपालिकाले प्रतिव्यक्ति अधिकतम रु.१५,००० (पन्ध्र हजार) उपलब्ध गराउनेछ |
४ आङ खस्ने समस्याको उपचार सम्न्बन्धमा :
आङ खस्ने समस्याको सिफारिस भई आएमा बिरामीहरुको उपचार गरे बापत (औषधि बाहेक) नगरपालिकाले हस्पिटललाइ अधिकतम रु.२५,००० ( पचिस हजार )उपलब्ध गराउनेछ |
५. मोतिबिन्दुको उपचार सम्बन्धमा:
मोतिबिन्दु भइ नाम सिफारिस भएर आएका बिरामीहरुमा परिक्षण र अप्रेशन गरे बापत ( औषधी बाहेक) नगरपालिकाले हस्पिटललाइ रु. १०,००० ( दस हजार) उपलब्ध गराउनेछ |
माथि उलीखित उपचारको क्रममा आवश्यक पर्ने औषधि ब्यबस्था बिरामी आफैले गर्नु पर्नेछ |
गोकर्णेश्वर नगरपालिका भित्र स्थाई बसोबास गर्ने प्रत्यक बिरामीलाई अनिबार्य नगरपालिकाले सिफारिस गरि पठाउने छ |
नगरपालिकाबाट प्राप्त सिफारिसलाई बिरामीले अस्पतालको नामदर्ताशाखामा ओ.पी.डी. टिकेट बनाइ परिक्षण पश्चात बिल तथा कागजातहरु रिसेप्सन शाखामा उपलब्ध गराउनु पर्नेछ |
बिरामीले नगरपालिकामा सिफारिस लिन आउदा चाहिने कगाजतहरु
१. उपचार सहुलियत निबेदन
२. नागरिकताको फोटोकपी
३. जेष्ट नागरिक परिचय पत्र, वा
४. मतदाता परिचय पत्रको फोटोकपी, वा
५. बसाइसराइको फोटोकपी, वा
६. बिबाह दर्ताको फोटोकपी
अस्पताललाइ चाहिने कागजातहरु
१. सक्कल बिल भर्पाइ
२. उपचार कार्डको फोटोकपी
३. नगरपालिकाको सिफारिस
४. नागरिकताको फोटोकपी
दिपक रिसाल
मेयर
गोकर्णेश्वर नगरपालिका
(जनताको स्वास्थ्य सुधारमा हाम्रो पहल)