जर्मनीसँगको सनसनी दोहोर्‍याउने दाउमा एसियन ‘पावरहाउस’ जापान, संकटमा कोस्टारिका 

0 99

११ मंसिर, काठमाडौं । कतारमा जारी २२औं विश्वकप फुटबलमा विश्वकपको सदाबहार दाबेदार राष्ट्र जर्मनीमाथि सनसनीपूर्ण जित निकालेको एसियन ‘पावरहाउस’ जापान आइतबार दिउँसो आफ्नो दोस्रो खेल खेल्दैछ।

समूह ‘ई’ रहेको जापानले पहिलो विश्वविजेता जर्मनीमाथि १–० को स्थिति उल्ट्याएर २–१ को कमब्याक जित निकालेर सनसनी मच्चाएको थियो।

जर्मनीमाथि सनसनीपूर्ण जित निकालेर उच्च मनोबल बनाएको जापान आज समूहको पुछारमा रहेको युरोपियन राष्ट्र कोस्टारिकाविरुद्ध मैदानमा उत्रिँदैछ।

नेपाल समयअनुसार अहमद बिन अली रंगशालामा दिउँसो ३:४५ बजे यी दुईको खेल हुनेछ। कोस्टारिकाविरुद्ध जर्मनकै जस्तो रोमाञ्चक जित निकाल्दै एक खेलअघि नै अन्तिम १६ मा पुग्ने दाउमा जापान छ।

कोस्टारिकाविरुको खेल जितेमा जापान एक खेल अघि नै नकआउट चरणमा पुग्छ। यता कोस्टारिका भने समूह चरणबाटै बाहिरिने स्थिति आउँछ। जसकारण अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न कोस्टारिकालाई आजको खेलमा जित्नै पर्ने दबाब छ।

पहिलो खेलमा विश्वविजेता स्पेनसँग ७–० को नमिठो हार व्यहोरेको कोस्टारिका उक्त हारलाई बिर्साउन पनि आज जित्नै पर्ने दबाबमा छ। यी दुईको खेल निकै रोमाञ्चक हुने देखिन्छ।

कोस्टारिकासँग यसअघि भएका चारवटा भेटमा जापानले हार व्यहोरेको छैन। तीन खेलमा जित र एक खेल बराबरीमा सकिएका थिए। आजको खेलमा कोस्टारिकालाई हराएमा सुरुका दुबै खेल जित्दै एक खेलअघि नै नकआउट चरणमा प्रवेश गर्दै जापानले इतिहास रच्नेछ।

यसअघिका विश्वकमा भएका समूह चरणमा खेलमा जापानले अहिलेसम्म लगातार जित निकाल्न सकेको रेकर्ड छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.