Advertisement

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ५७ जनामात्रै पास

0 88

Advertisement

११ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन् ।

अब यी ५७ जनाले अन्तर्वार्ता परीक्षा दिनुपर्नेछ, सबै परीक्षार्थी अन्तर्वार्तामा उतीर्ण हुँदा पनि ३२४ दरबन्दी रिक्त नै रहने भएको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गरिएको थियो । तर आवेदन दिएका परीक्षार्थीमध्ये कोही पनि विषयगत लिखित परीक्षामा उतीर्ण हुन सकेनन् ।

प्रदेश १ मा १६१ रिक्त पदको लागि २४, बागमती प्रदेशमा ५८ रिक्त पदको लागि जम्मा २ जना, गण्डकी प्रदेशमा ३९ रिक्त पदको लागि जम्मा पाँच जना उत्तीर्ण भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३३ रिक्त पदको लागि ५ जना, कर्णाली प्रदेशमा २३ रिक्त पदको लागि ७ जना र सुदूरपश्चिम प्रदेशमा ४७ रिक्त पदको लागि १४ जना उतीर्ण भएका छन् । उत्तीर्ण शिक्षकहरुको अन्र्तवार्ता मंसिर २८ गते हुने आयोगले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.