Advertisement

कतार विश्वकप : समूह बीका चार टिमनै अन्तिम १६ को दौडमा

0 146

Advertisement

१० मंसिर, एजेन्सी । फिफा विश्वकप फुटबलमा अमेरिका र इंग्ल्याण्डले अंक बाडेका छन् ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह बीमा रहेका यी दुई टिमले गयराति भएको खेलमा गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन् ।

दुवै टिमले गोलका लागि निकै मेहनत गरे पनि सफल भने हुन सकेनन् ।

बराबरी पनि समूह बीबाट अन्तिम १६ मा पुग्ने समिकरण खुला भएको छ ।

चार वटै टिमको सम्भावना कयामै रहेको छ ।

इंग्ल्याण्ड ४ अंकका साथ शीर्ष स्थानमा रहँदा इरान ३ अंकका साथ दोस्रो स्थनमा रहेको छ ।

यसैगरी अमेरिकाले २ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा राख्दा वेल्सले पनि १ अंक जोडेका छन् ।

यस बराबरीले समूह बी को नकआउट समिकरण भने खुला बनेको छ । सबै ४ टोलीको अघि बढ्ने सम्भावना छ

। इंग्ल्यान्ड ४ अंक, इरान ३ अंक, अमेरिका २ अंक र वेल्स १ अंक जोड्दै समुहबाट अघि बढ्ने लक्ष्यमा छन् ।

समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्ड र वेल्स भिड्दा इरान र अमेरिकाबीच प्रतिस्पर्धा हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.