सुनको मूल्य स्थीर, चाँदीमा सामान्य गिरावट
०९ मंसिर, काठमाडाैं । शुक्रबार सुनको मूल्य स्थीर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रति तोला ९७ हजार ८०० रहेको छापावाला र ९७ हजार ३०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य शुक्रबार पनि सोही कायम रहेको छ ।
सुनको मूल्य स्थीर भएता पनि चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रति तोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर १ हजार २९५ रहेको महासंघले जनाएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुन प्रति औंस १७५७ डलर र चाँदी प्रति औंस २१.४१ डलरमा कारोबार भइरहेको छ ।