विश्वभर कोरोना घट्दा चीनमा महामारी यताकै बढी ३१ हजार संक्रमित थपिए

0 192

०८मंसिर, एजेन्सी । कोभिड-१९ को महामारी न्यूनीकरण गर्ने कडा प्रतिबन्ध एवं नियमहरुबीच चीनमा महामारी शुरु भएयताकै एकै दिन धेरै संक्रमित थपिएका छन् ।

राजधानी बेइजिङ र दक्षिणी व्यापार केन्द्र ग्वाङ्झाउलगायत देशका धेरै प्रमुख शहरहरूमा कोभिड-१९को प्रकोप फैलिएको छ।

बुधबार मात्रै चीनमा ३१ हजार ५ सय २७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यो संख्या गत अप्रिलमा एकै दिन थपिएका २८ हजार संक्रमित भन्दा बढी हो भने चीनमा महामारी शुरु भएयता अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

चीनको शून्य भोभिड नीतिले करिब १ अर्ब ४० करोड जनसंख्याको देशमा संक्रमणबाट हुनसक्ने मृत्यु जोगाएको छ भने अर्थतन्त्र र आम मानिसको जीवनमा भने तनाव थपेको छ।

कोभिड-१९को प्रतिबन्ध केही खुकुलोको गरेको हप्तापछि फेरि चीनमा कोभिड-१९का संक्रमित थपिएका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.