आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
०७ मंसिर, काठमाडाैं । साताको चौथो काराेबारकाे दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले घटेर १९२१.९९ बिन्दुमा बन्द भएको छ ।
बुधबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो ।
नेप्से घटेपनि आज नेपाल बैंक लिमिटेडेको सेयर सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे १२ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ९ लाख, सिभिल बैंकको ६ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ६ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।