Advertisement

चीन : विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा विरोध प्रदर्शन, कर्मचारीले गरे तोडफोड

0 54

Advertisement

०७ मंसिर, एजेन्सी । चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन उत्पादन गर्ने कारखानामा भएको विरोध प्रदर्शनका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यो कारखाना चीनको झेङझोऊमा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सयौँ कर्मचारीले र्‍याली गरिरहेको देख्न सकिन्छ ।

आन्दोलनरत कर्मचारीलाई प्रहरीले रोकिरहेको पनि छ । प्रहरीले आफूमाथि कुटपिट गरेको आन्दोलनकारीको भनाइ छ ।

गत महिना कोरोना संक्रमित बढेपछि आइफोन निर्माता फक्सकनले कारखाना बन्द गर्नुपरेको थियो, जसका कारण केही कर्मचारीले कारखाना छाडेका थिए ।

कर्मचारीको अभावका कारण कम्पनीले नयाँ कामदारलाई राम्रो बोनस दिने वाचा गरेको थियो । फक्सकनले कारखानामा यी झडप बारेमा कुनै बयान जारी गरेको छैन ।

भिडियोमा आन्दोलनकारीले आफ्नो अधिकार बचाउनुपर्छ भन्दै आइरहेका छन् । कतिपय कामदारले रडले सिसिटिभी क्यामेरा र झ्यालका सिसा तोडेको पनि देखिन्छ ।

कर्मचारीहरूले यस प्रदर्शनलाई लाइभ स्ट्रिम पनि गरेका छन्, जसमा एक कर्मचारीले फक्सकनले कम्पनीले वाचा गरेको अनुदान नपाउनका लागि आफ्नो सम्झौता परिवर्तन गरेको भनिरहेका छन् । आफूलाई क्वारेन्टिनमा राखेको तर खानासमेत नदिएको उनले बताइरहेका छन् ।

कर्मचारीले भने, ‘उनीहरुले हाम्रो माग पूरा नगरेसम्म हामी लडाईं जारी राख्नेछौँ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.