Advertisement

लोसपा उम्मेदवार मेहताको पक्षमा भएन अन्तरिम आदेश, उम्मेदवारी कायम नरहने 

0 61

Advertisement

०२ मंसिर, काठमाडौं । आफ्नो उम्मेदवार रद्द गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका लोसपा उम्मेदवार सन्तोषकुमार मेहताको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बहुविवाहको मुद्दामा दोषी ठहर भइ कैद सजाय भुक्तान गरेको निश्चित अवधि नपुग्दै लोसपाबाट प्रदेश सभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा (२) बाट उम्मेदवार बनेका मेहताको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदिएको थियो।

आयोगको उक्त निर्णयविरुद्ध रिट लिएर मेहता सर्वोच्च पुगेकामा सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मेहताको उम्मेदवार रद्द गर्ने कारण पेस गर्न भन्दै कारण देखाउ आदेश मात्र जारी गरेको हो।

आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी भएको जिकिर गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए। आयोगले कात्तिक ३० गते उनको उम्मेदबारी खारेज हुने निर्णय गरेको थियो।

मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएको पाएपछि प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश जारी नगरेपछि उम्मेदवार रद्द गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुने भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.