मंसिरको पहिलो दिन सुनचाँदी दुबैको भाउ ओरालो लाग्यो, कति तोकियो मूल्य ?
०१ मंसिर, काठमाडाैं । मंसिरको पहिला दिनमा नै सुनचाँदीको दुबैको भाउ ओरालो लागेको छ । कार्तिक अन्त्यमा बढ्दो क्रममा रहेको सुनको भाउमा मंसिर सुरुवातमा नै गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १ गते बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्दा चाँदीको भाउ १० रुपैयाँले सस्तिएको छ । मंगलबार एक हजार तथा बुधबार तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको थियो ।
महासंघका अनुसार आजका लागि छापावाला सुन ९८ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ५०० र चाँदीको भाउ १ हजार २८५ रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाला सुन प्रति तोला ९८ हजार ४०० रूपैयाँ, तेजावी सुन ९७ हजार ९०० रूपैयाँ र चाँदीको १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी भने तोलामा ३० रुपैयाँले सस्तिएको थियो ।
यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७६३ डलर तथा चाँदी प्रतिऔंस २१.१५ डलरमा कारोबार भइरहेको छ ।