Advertisement

फिनल्याण्डको अदालतले मानव तस्करी र श्रम शोषण मुद्दामा नेपाली दम्पत्तिलाई सुनायो जेल सजाय

0 204

Advertisement

२६कात्तिक, हेल्सिन्की । फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेस्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर्यारउँदै एक नेपाली दम्पतिलाई जेल सजाय सुनाएको छ।

पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेन्ट व्यवसायमा संलग्न डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई हेलसिन्कीबाट झन्डै डेढ घण्टा टाढा रहेको ट्याम्परे सहरस्थित आफ्नो रेस्टुरेन्टमा बाध्यकारी श्रममा लगाएकोमा दोषी पाएको थियो। उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातै दिन काममा लगाउने गरेका थिए।

फिनल्याण्डबाट प्रकाशित हुने समाचारपत्र, हेलसिङ्गिन स्यानोम्याटका अनुसार ट्याम्परेस्थित जिल्ला अदालतले रेस्टुरेन्ट मालिक डिलारामलाई ३ वर्ष ८ महिना तथा उनकी श्रीमती, रिमा, लाई २ वर्ष १० महिना जेल सजाय सुनाएको थियो। उनीहरुलाई तत्काल जेल चलान गरिएको छ।

नेपाल लाइभसँग कुरा गर्दै सापकोटा दम्पतिले श्रम शोषण गरेका एक जना नेपाली रामु (परिवर्तित नाम)ले आफ्नै खर्चमा नेपालबाट आएपछि फिनिश भाषा र समाजबारे केहि जानकारी नभएको आफूलगायत अन्य नेपाली कामदारलाई सापकोटा दम्पतिले हदैसम्म श्रम शोषण गरेको बताए। ‘ढीलै भए पनि हामीले न्याय पायौं,’ उनले भने।

एक जना ‘माइला’ भन्ने (परिवर्तित नाम) नेपाली कामदारले उजुरी गरेपछि प्रहरीले छानबिन गरेर सापकोटा दम्पतिविरुद्ध मुद्दा चलाएको थियो। फिनल्याण्डमा सञ्चालित अन्य नेपाली रेस्टुरेन्टका मालिकहरुले पनि आफ्ना कामदारहरुलाई बन्धक जस्तो बनाएर श्रम शोषण गर्ने गरेको समाचार यसभन्दा पहिले पनि प्रकाशित भएका थिए।

अदालतले सापकोटा दम्पति र उनीहरुका कम्पनीलाई श्रम शोषण गरिएका कामदारहरुलाई ज्याला, उनीहरुले पाएको पीडा र क्षतिपूर्ति वापत लाखौं यूरो तिर्न पनि आदेश दिएको छ। अदालतले सापकोटा दम्पतिले चार जना नेपालीलाई मानव तस्करी गरेको र थप दुई जनालाई काममा भेदभाव गरेको ठहर गरेको थियो।

अदालतले सापकोटा दम्पतिले आफ्ना कामदारलाई फिनिश कानुन अनुसार उनीहरुले पाउनुपर्ने तलब नदिएको र दशौँ हजार यूरो नेपालमा उनीहरुले तोकेको व्यक्तिको नाममा पठाउन लगाएको पनि उल्लेख गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.